राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले बुधबार दिउँसो बैंक तथा वित्तीय संस्थाका प्रमुख कार्यकारी अधिकृतसँगको भेटमा कृषक तथा साना र मझौला उद्यमीले लाभ लिन सक्ने गरी कर्जा प्रवाह गर्न निर्देशन दिएका छन् ।
हालै पश्चिम नेपालको भ्रमणका क्रममा गभर्नर पौडेलले कृषक, साना तथा मझौला उद्यमी, ऋणी र बैंक तथा वित्तीय संस्थाका प्रबन्धकलगायतसँग छलफल गरेका थिए ।
‘गभर्नरले विभिन्न जिल्लाको भ्रमण गरेर त्यहाँका ऋणी, उद्यमी तथा बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिसँग गरेर राष्ट्र बैंकले लिएका मौद्रिक नीति, त्यसको कार्यान्वयन र समस्याका विषयमा गुनासो तथा सुझाब लिनुभएको थियो,’ उनले भने ।