केन्टका वाटर प्युरिफायर किन्दा आइसिसी टी–२० प्रत्यक्ष हेर्ने अवसर

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

पानी शुद्धीकरण ब्रान्ड केन्ट मिनरल आइसिसी टी–२० विश्वकप २०२६ लाई लक्षित गर्दै विशेष उपहार योजना सार्वजनिक गरेको छ । ‘म्याच रेडी विद प्योर वाटर’ नारासहित ल्याइएको यस योजनामार्फत केन्टका ग्राहकले शुद्ध पानीसँगै प्रत्यक्ष क्रिकेट हेर्ने अवसर पाउनेछन् ।

योजनाअन्तर्गत केन्टका वाटर प्युरिफायर खरिद गर्ने भाग्यशाली ग्राहकले नेपाल–इंग्ल्यान्डको टी–२० विश्वकप खेलको टिकट नि:शुल्क पाउनेछन् । ८ फेब्रुअरीमा मुम्बईको वानखेडे स्टेडियममा नेपाल–इंग्ल्यान्डबिच खेल हुँदै छ । साथै, भाग्यशाली विजेताले चार रात पाँच दिनको मुम्बई भ्रमण प्याकेजसमेत जित्न सक्ने कम्पनीले जनाएको छ ।

See More On

सुझावित समाचार