स्ट्यान्डर्ड चार्टर्डको लाभांश पारित

बुधबार, २ पुष, २०८२
डिजिटल संस्करण

स्ट्यान्डर्ड बैंक नेपाल लिमिटेडको ३९औँ वार्षिक साधारणसभाले लाभांश पारित गरेको छ । बैंकको सञ्चालक समितिले आफ्ना सेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट १९ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको थियो ।

मंगलबार आर्मी अफिसर्स क्लबमा बसेको साधारणसभाले लाभांश पारित गरेको हो । सभाको अध्यक्षता बैंक सञ्चाल समिति अध्यक्ष वेणुगोपाल रंगनाथनले गरेका थिए ।

सभामा गत आवमा भएका वित्तीय प्रगतिबारे प्रकाश पारिएको थियो । अध्यक्ष रंगनाथनले सेयरधनी, ग्राहक, नियामकीय निकाय, कर्मचारीलगायतलाई साथ–सहयोगका लागि धन्यवाद दिए । 

सुझावित समाचार