सम्झौता गरेर काम नगरी वर्षौँदेखि अलपत्र पारी रुग्ण बनाइएका सिँचाइतर्फका २२ वटा ठेक्का तोडिएको छ । ठेक्का तोडिएका आयोजनाको कुल रकम १४ अर्ब २३ करोड रहेको छ ।
बबई सिँचाइ आयोजनाका ६, सिँचाइ तथा जलस्रोत व्यवस्थापन आयोजना जनकपुरधाम धनुषाअन्तर्गतका १५ र सुनकोशी–मरिनको एक गरी २२ वटा रुग्ण ठेक्का तोडिएको हो । भेरी बबईको एक करोड ७६ लाख, जनकपुरधाम कार्यालयअन्तर्गतका १३ करोड १७ लाखको ठेक्का तोडिएको छ ।