सुनको मूल्य तोलामा १७ सय रुपैयाँले घट्यो

मंगलबार, १ पुष, २०८२
डिजिटल संस्करण

स्थानीय बजारमा मंगलबार सुनको मूल्य घटेको छ । आजको कारोबारमा सुनको मूल्य अघिल्लो दिनको तुलनामा एक हजार सात सय रुपैयाँले सस्तिएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो ।

महासंघका अनुसार आज सुनको भाउ प्रतितोला दुई लाख ५९ हजार रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य प्रतितोला दुई लाख ६० हजार सात सय रुपैयाँ कायम थियो । सो मूल्य हालसम्मकै उच्च हो ।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ । चाँदी आज १५ रुपैयाँले बढ्दै प्रतितोला तीन हजार ८८५ रुपैयाँ पुगेको छ । 
 

सुझावित समाचार