आइतबार सुनको मूल्य बढेको छ । दुई हजार दुई सय रुपैयाँले बढेर प्रतितोला दुई लाख ५८ हजार आठ सय रुपैयाँमा कारोबार भएको सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
अघिल्लो दिन शुक्रबार भने प्रतितोला दुई लाख ५६ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै, चाँदीको मूल्य भने घटेको छ । प्रतितोला ८० रुपैयाँले घटेर आइतबार तीन हजार आठ सय २५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ । शुक्रबार भने तीन हजार नौ सय पाँच रुपैयाँमा चाँदीको मूल्य कायम भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा निरन्तर बढिरहेका कारण नेपाली बजारमा पनि मूल्य बढेको महासंघले जनाएको छ । ठुला लगानीकर्ता सुरक्षित लगानीको खोजीमा सुनतर्फ आकर्षित भएको तथा अन्तर्राष्ट्रिय व्यापार युद्धले विश्व अर्थतन्त्र असन्तुलित रहेका कारण सुनको भाउमा उतारचढाव आइरहेको हो ।