मुक्तिनाथ विकास बैंकले गर्‍यो स्याङ्जा प्रहरीलाई सामग्री सहयोग

आइतबार, २९ मंसिर, २०८२
डिजिटल संस्करण

मुक्तिनाथ विकास बैंकले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई आवश्यक सामग्री सहयोग गरेको छ । बैंकको स्याङ्जा शाखाले समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत जनचेतनामूलक सन्देश प्रवाहका लागि आवश्यक स्मार्ट टेलिभिजनलगायतका सामग्री सहयोग गरेको हो ।

बैंकका सञ्चालक भरतप्रसाद लम्साल र बैंकका उपक्षेत्रीय कार्यालय स्याङ्जाका निर्देशक ऋषिराम ढकालले सहयोग गरिएका सामग्री स्याङ्जाका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दधिराम न्यौपानेलाई हस्तान्तरण गरे । सहयोग हस्तान्तरणपछि सञ्चालक लम्सालले प्रहरीको कामलाई सहज बनाउन बैंकले सहयोग गरेको बताए । त्यस्तै, प्रहरी उपरीक्षक न्यौपानेले सबैको साथ र सहयोगले प्रहरीलाई आफ्नो दैनिक कार्य गर्न सहज भएको बताउँदै बैंकले सहयोग गरेकोमा धन्यवाद दिए ।

सहयोगप्राप्त टेलिभिजन कार्यालयको प्रतीक्षालयमा राखिने र सेवाग्राहीले प्रतीक्षालयमै बसेर प्रहरीले जारी गरेको सन्देशमूलक श्रव्य तथा दृश्य सामग्री हेर्न र सुन्न सक्नेछन् । जसले गर्दा समाजमा हुने घट्नामा कमी आउने प्रहरीले अपेक्षा गरेको उनले बताए । निर्देशक ढकालले बैंकले आफ्नो सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न सामाजिक काममा सहयोग गर्दै आएको र सोही क्रममा यो सहयोग हस्तान्तरण गरिएको बताए । 

सुझावित समाचार