रिलायबल इन्भेस्टमेन्टलाई मर्चेन्ट बैंकरसम्बन्धी कार्य गर्न बोर्डको अनुमति

शुक्रबार, २७ मंसिर, २०८२
डिजिटल संस्करण

रिलायबल इन्भेस्टमेन्ट एन्ड मर्चेन्ट क्यापिटल लिमिटेडले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर)ले गर्न पाउने सम्पूर्ण कार्य गर्न अनुमति पाएको छ । कम्पनीले २३ मंसिरमा यो अनुमति पाएको जनाएको हो । यसअघि २ मंसिरमा योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा कार्य गर्नसमेत अनुमतिपत्र प्राप्त गरेको थियो ।

नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको शतप्रतिशत सहायक कम्पनी रिलायबल इन्भेस्टमेन्टले सामूहिक लगानी कोष नियमावलीअनुसार योजना व्यवस्थापक तथा डिपोजिटरीका रूपमा कार्य गर्न अनुमतिपत्र प्राप्त गरेको हो । 

कम्पनीले हाल धितोपत्र निष्कासन तथा बिक्री प्रबन्ध, सेयर रजिस्ट्रेसन, संस्थागत परामर्श सेवा, धितोपत्र प्रत्याभूति, लगानी व्यवस्थापन तथा सामूहिक लगानी कोषअन्तर्गत कोष योजना व्यवस्थापक तथा डिपोजिटरीका कार्य गर्दै आइरहेको छ । 

See More On

सुझावित समाचार