नेपाली बजारमा रोयल इन्फिल्डको हन्टर ३५० नयाँ रङ, फिचर र शैलिसहित बजारमा सार्वजनिक गरिएको छ। मिड–साइज मोटरसाइकल समूह ३५०–७०० सिसी मा विश्वकै अग्रणी ब्रान्ड रोयल इन्फिल्डले आफ्नो लोकप्रिय स्ट्रीट रोस्टर मोडेल हन्टर ३५० को नयाँ संस्करण नेपाली बजारमा सार्वजनिक गरिएको हो । यस बीएस भिआई नयाँ हन्टर ३५०, २०२५ एडिसन को साथमा गैरे प्रतिष्ठान प्रालिले बुधबार बुटवलमा सार्वजनिक गरेको छ ।
नयाँ हन्टर ३५० मा रियो ह्वाइट, टोकियो ब्ल्याक, लन्डन रेड र ग्राफाइट ग्रे गरि चार स्ट्रीट–इन्स्पायर्ड रङ्ग उपलब्ध छन्। कम्पनीका अनुसार यीमध्ये तीन रङ विश्वका सांस्कृतिक पहिचान सम्बन्धी प्रतिकहरुबाट सिर्जित छन्। नयाँ हन्टरमा स्लिप असिस्ट क्लच जडान गरिएको छ। जुन कम्पनीको ३५० सिसी मोडेल मा पहिलोपटक प्रयोग भएको सुविधा हो। डुअल च्यानल एबीएस, एलईडी हेड ल्याम्प तथा एर्गोनोमिक डिजाइनले गर्दा निक्कै आकर्षक देखिन्छ । समग्र सवारी अनुभव सहज बनाउने र ट्रिप न्याभिगेटर अप्सन को रूपमा थप गरिएको छ ।
नयाँ हन्टर ३५० मा प्रयोग गरिएको ३४९ सिसी जे–सिरीज इन्जिनले शहरी सडकहरुमा सहजता प्रदान गर्दछ। सन् २०२२ मा पहिलोपटक बजारमा आएको यो मोडेल ले हालसम्म विश्वभर ७ लाखभन्दा बढी राइडर जोडिसकेको कम्पनीले जनाएको छ। गैरे प्रतिष्ठानका ब्रान्ड डाइरेक्टर प्रवेश राज गैरे का अनुसार रोयल इन्फिल्ड मोटरसाइकल नेपाली माझ दैनिकीसँगै जीवनशैलीको हिस्सा बनेको छ।
युवा पुस्ताको उर्जालाई ध्यानमा राखेर हामीले नयाँ हन्टर ३५० ल्याएका हौं। नेपाली भूमिका लागि पूर्णतः उपयुक्त मोडेल हो, उनले भने । नयाँ हन्टर ३५० को नेपाली बजार मूल्य सिंगल टोनः रियो ह्वाइट, ड्यापर ग्रे र ग्राफ ग्रे को चार लाख ९४ हजार नाै सय रहेको छ । त्यस्तै डुअल टोनः टोकियो ब्ल्याक, लन्डन र रेबेल ब्लू को ४ लाख ९९ हजार नाै सय रहेको छ । गैरे प्रतिष्ठानका अध्यक्ष प्रेम राज गैरेका अनुसार आजदेखि बुकिङ र टेस्ट राइड खुल्ला रहेको छ। लञ्चिङ्गको पहिलो दिनमै ६ वटा विक्रि सहित १३ वटा बुकिङ भइसकेको गैरेले बताए ।