सुनको भाउ तोलामा १ हजार बढ्यो

बिहिबार, २६ मंसिर, २०८२
डिजिटल संस्करण

बिहीबार सुनचाँदीको भाउ बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ १ हजार रुपैयाँ बढेको जनाएको छ ।

जसअनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार १ सय रुपैयाँ पुगेको छ । हिजो २ लाख ५२ हजार १ सय रुपैयाँ थियो । यसअघि असोज ३१ गते सुनको भाउ हालसम्मकै उच्च २ लाख ५८ हजार रुपैयाँ पुगेको रेकर्ड छ ।

चाँदीले भने केही दिनयता नयाँ रेकर्ड बनाइरहेको छ । यसै क्रममा बिहीबार प्रतितोला ३ हजार ८०५ रुपैयाँ पुगेको छ । जुन मूल्य अहिलेसम्मकै उच्च हो ।

सुझावित समाचार