कामना सेवा विकास बैंक र काठमाडौं, ज्ञानेश्वरस्थित क्याफेओफिलियाबिच सेवा शुल्क छुटसम्बन्धी सम्झौता भएको छ । छुटसम्बन्धी सम्झौतामा बैंकका तर्फबाट मार्केटिङ प्रमुख पर्मा ढुंगेल र क्याफेका फ्रेन्चाइज ओनर सदीक्षा श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौताअन्तर्गत बैंकका कर्मचारी र ग्राहकले फुड तथा बेभरेजमा १० प्रतिशत छुट प्राप्त गर्न सक्ने बताइएको छ । बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सक्नेछन् । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।