इटहरी इन्टरनेसनल कलेजले वार्षिक दीक्षान्त समारोह आयोजना गरेको छ । सोमबार आयोजित समारोहमा बिएससी (अनर्स) कम्प्युटिङ तथा बिए (अनर्स) बिजनेस एडमिनिस्ट्रेसन कार्यक्रमका स्नातक विद्यार्थीको सहभागिता थियो ।
अभिभावक, शिक्षक तथा कलेज प्रशासनको उपस्थिति रहेको कार्यक्रममा स्नातकहरूको उपलब्धि र भविष्यका सम्भावनाबारे विशेष चर्चा गरिएको कलेजले जनाएको छ । यस वर्षको उत्कृष्ट विद्यार्थीका रूपमा लेनिसा घिमिरेलाई आइएनजी छात्रवृत्ति प्रदान गरिएको कलेजले जनाएको छ । कलेजका अनुसार यो छात्रवृत्ति विद्यार्थीको निरन्तर परिश्रम, नेतृत्व क्षमता र शैक्षिक उत्कृष्टताको सम्मानस्वरूप प्रदान गरिएको हो ।
कार्यक्रममा आइएनजीका संस्थापक तथा अध्यक्ष सुलभ बुढाथोकी तथा लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका एकेडेमिक प्रमुखलगायतको विशेष उपस्थिति थियो । अध्यक्ष बुढाथोकीले भने, ‘विद्यार्थीको मिहिनेत, धैर्य र समर्पण नै आजको सफलता हो ।’
लन्डन मेट्रोपोलिटन विश्वविद्यालयका कम्प्युटिङ तथा डिजिटल मिडिया विद्यालयका डिन क्रिस्टोफर लेनले आइएनजी र लन्डन मेट्रोपोलिटन विश्वविद्यालयबिचको दिगो शैक्षिक साझेदारीलाई उल्लेख गर्दै कलेज र विद्यार्थीले हासिल गरेको प्रगतिको प्रशंसा गरे ।