सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। आज सुन तोलामा एक हजार रुपैयाँले घटेर २ लाख ५१ हजार नौ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

सोमबार सुनको मूल्य प्रतितोला २ लाख ५२ हजार नौ सय रुपैयाँमा कायम भएको थियो।

यस्तै, आज चाँदीको मूल्य भने बढेको छ। आज चाँदी १५ रुपैयाँले बढेर ३ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। सोमबार चाँदीको मूल्य प्रतितोला ३ हजार ५८५ रुपैयाँ कायम भएको थियो। 

सुझावित समाचार