‘एनएमबि इन्स्टा बाई’ क्रेडिट कार्डमा थप सुविधा

मंगलबार, २४ मंसिर, २०८२
डिजिटल संस्करण

एनएमबि बैंकले क्रेडिट कार्ड सेवालाई अझ डिजिटल र सहज बनाउन ‘एनएमबि इन्स्टा बाई’ सुविधा सार्वजनिक गरेको छ । यो सुविधामार्फत क्रेडिट कार्डवाहकले अब पाँच हजार रुपैयाँभन्दा माथिको कुनै पनि खरिदलाई ६ देखि १२ महिनासम्मको किस्ताबन्दी (इएमआई)मा रूपान्तरण गर्न सक्ने भएका छन् ।

यो प्रक्रियामा ग्राहकले आफ्नो खरिद बिल र पोस स्लिप १० दिनभित्र ई–एनएमबि एप वा बैंकको वेबसाइटमार्फत इन्स्टा बाई पोर्टलमा अपलोड गर्नुपर्नेछ । न्यूनतम शुल्क तथा ब्याजदर, अग्रिम भुक्तानीमा कुनै जरिवाना नलाग्ने व्यवस्था र शाखा धाउनुनपर्ने सुविधासहित ‘इन्स्टा बाई’मार्फत स्वास्थ्य परीक्षण, यात्रा, जीवनशैली वा चाडपर्वलगायतमा हुने खर्च सहज रूपमा व्यवस्थापन गर्न सकिने बैंकले जनाएको छ ।

सुझावित समाचार