महालक्ष्मी विकास बैंक अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित

सोमबार, २३ मंसिर, २०८२
डिजिटल संस्करण

ग्राहकहरूलाई अत्याधुनिक, सुरक्षित तथा सहज बैंकिङ सुविधा उपलब्ध गराइरहेको महालक्ष्मी विकास बैंक ‘बैंकिङ नवप्रवर्तन तथा ग्राहक सन्तुष्टिमा उत्कृष्ट’ विधाअन्तर्गत अन्तर्राष्ट्रिय अवार्डबाट सम्मानित भएको छ।

७ डिसेम्बर २०२५ मा भारतको नयाँदिल्लीमा आयोजित एक कार्यक्रमबिच इन्डियन बिजनेस अवार्ड २०२५ कार्यक्रममार्फत महालक्ष्मी विकास बैंकलाई उक्त अन्तर्राष्ट्रिय अवार्ड प्रदान गरिएको हो। महालक्ष्मी विकास बैंकको तर्फबाट यस बैंकका वरिष्ठ अधिकृतहरूले उक्त सम्मान ग्रहण गरेका छन् ।

बैंकले बैंकको ब्रान्ड प्रतिष्ठा सुधार गर्न, ग्राहक विश्वास अभिवृद्धि गर्न, बैंकिङ सेवामा नवप्रवर्तनका कार्यहरू गर्न, उत्कृष्ट नेतृत्व तथा वृत्ति विकासमा सुधार गर्न तथा बैंकको मिडिया उपस्थिति र संस्थागत सामाजिक उत्तरदायित्वका क्षेत्रमा बैंकले गरेको उत्कृष्ट कार्यबापत उक्त अवार्ड बैंकले प्राप्त गर्न सफल भएको हो।

दुई देशबिच सीमापार वित्तीय सेवाहरूलाई प्रवर्द्धन गर्न तथा भारतबाट नेपालमा भुक्तानीसम्बन्धी कार्यहरू गर्दै आएको यस महालक्ष्मी विकास बैंकलाई यस अवार्डको प्राप्तिसँगै थप सहज हुने तथा नेपाल र भारतबिचको बैंकिङ सम्बन्धलाई थप मजबुत बनाउन तथा सीमापार व्यापार र रेमिट्यान्स अभिवृद्धि गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ।

नेपाल र भारतबिच सीमा पार भुक्तानीमा आबद्ध भएसँगै यस अवार्डको प्राप्ति बैंकका लागि थप महत्त्वपूर्ण साबित हुने विश्वाससमेत बैंकले लिएको छ।

सुझावित समाचार