सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले प्रमुख कार्यकारी अधिकृत (सिइओ) पदमा पुनः पोषकराज पौडेल नियुक्त गर्ने निर्णय गरेको छ । शुक्रबारको सञ्चालक समिति बैठकले हाल कम्पनीको सिइओ रहेका पौडेललाई आगामी ३० पुसदेखि लागू हुने गरी पुनः सोही पदमा नियुक्त गर्ने निर्णय गरेको छ ।
उनको कार्यकाल चार वर्षको हुने कम्पनीले जनाएको छ ।