सिद्धार्थ बैंकले ल्यायो ‘भर्चुअल क्रेडिट कार्ड’

आइतबार, २२ मंसिर, २०८२
डिजिटल संस्करण

सिद्धार्थ बैंक लिमिटेडले आफ्नाे विद्युतीय सेवाहरूलाई थप सुदृढ र पहुँचयोग्य बनाउन फोनपेसँगको साझेदारीमा पूर्ण डिजिटल क्रेडिट कार्ड ‘सिद्धार्थ फोनपे भर्चुअल क्रेडिट कार्ड’ सार्वजनिक गरेको छ।

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको अवसरमा आयोजित अन–ग्राउन्ड कार्यक्रममा उक्त कार्ड सार्वजनिक गरिएको हो। यस कार्डमार्फत ग्राहकहरूले भौतिक कार्डविना नै १८ लाखभन्दा बढी ‘फोनपे क्युआर’ व्यापारीहरूमा छिटो, सुरक्षित र सम्पर्करहित भुक्तानी गर्न सक्नेछन्।

डिजिटल रूपमा सक्रिय ग्राहकहरूको आवश्यकतालाई ध्यानमा राखी तयार पारिएको यस कार्डले तुरुन्त सक्रियता, तत्काल नियन्त्रण तथा उच्च सुरक्षा प्रदान गर्ने बैंकले जनाएको छ। ग्राहकहरूले BankSmartXP मोबाइल बैंकिङ एपमार्फत तुरुन्तै आवेदन दिन, कार्ड प्राप्त गर्न र सक्रिय गर्नुका साथै एपमार्फत सीमा व्यवस्थापन, कार्ड लक तथा अनलक, स्टेटमेन्ट जाँच, भुक्तानी र अन्य व्यवस्थापन कार्यहरू सजिलै गर्न सक्नेछन्।

सिद्धार्थ फोनपे क्रेडिट कार्डको विशेष लन्च अवसरमा ग्राहकहरूले यस भर्चुअल क्रेडिट कार्डमार्फत गरिने प्रत्येक कारोबारमा ५० प्रतिशत (अधिकतम रु. ७५०)सम्म क्यासब्याक प्राप्त गर्ने बैंकले जनाएको छ।

यो अफर सीमित अवधि (७ डिसेम्बर २०२५ देखि ७ जनवरी २०२६ सम्म)का लागि लागू हुनेछ।

सुझावित समाचार