हलेसी डेकोर प्रालि र आइएमई लाइफ इन्स्योरेन्सबिच व्यावसायिक सम्झौता गरिएको छ । सम्झौतापत्रमा आइएमई लाइफका उपमुख्य कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र हलेसी डेकोरकी प्रमुख कार्यकारी अधिकृत (सिइओ) तथा सञ्चालक संगीता पुडासैनीले हस्ताक्षर गरे ।
उक्त समझदारीपत्रले दुवै संस्थाबिचको सहकार्यलाई थप मजबुत बनाउने, दीर्घकालीन व्यावसायिक साझेदारी विस्तार गर्ने तथा ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य राखेको छ ।
हलेसी डेकोरले भी–बोन कुर्सी, पर्दा, कार्पेट तथा फर्निचरका विभिन्न सामग्रीमा अधिकतम ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने जनाएको छ । संस्थाले करिब १५ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ । दुवै संस्थाले आगामी दिनमा नयाँ परियोजना तथा सेवा विस्तारमार्फत सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन् ।