बर्ली होम अप्लायन्सेजले नेपालमा ६ नयाँ गिजर मोडेल सार्वजनिक गरेको छ । कम्पनीले जर्मन प्रविधि, आकर्षक डिजाइन र घरायसी सुरक्षालाई ध्यानमा राख्ने एलिगेन्स र एलेसिया सिरिजका ६ वटा नयाँ स्टोरेज वाटर गिजर बजारमा ल्याएको हो । नेपालमा बर्ली उत्पादनको आधिकारिक वितरक सिजी इलेक्ट्रोनिक्स रहेको छ ।
कम्पनीका अनुसार एयर कुलरको सफलतापछि गिजर उत्पादनतिर लागेको जनाएको छ । एलिगेन्स र एलेसिया सिरिजका मोडेल सुरक्षा, दिगो प्रदर्शन र मूल्यका हिसाबले पनि नेपाली परिवारका लागि उत्कृष्ट विकल्प बन्ने कम्पनीको दाबी छ ।
यी मोडेलमा ग्राहकले वाटर ट्यांकीमा सात वर्ष, हिटिङ इलिमेन्टमा दुई वर्ष तथा सम्पूर्ण उत्पादनमा दुई वर्षको वारेन्टी सुविधा उपलब्ध पाउनेछन् । यी गिजर दुई सिरिजका ६ फरक मोडेलमा उपलब्ध छन् ।
एलेगन्स सिरिजका तीन मोडेल गिजर १० लिटर, १५ लिटर र २५ लिटरमा उपलब्ध हुनेछन् भने एलेसिया सिरिजमा २५ लिटर, २५ लिटर र १५ लिटरमा उपलब्ध हुनेछन् ।