नेसनल लाइफ इन्स्योरेन्स कम्पनीले सिइओ क्लब सदस्य सम्मान कार्यक्रम गरेको छ । कार्यक्रममा आर्थिक वर्ष ०८१/८२ मा तोकिएको बिमाशुल्क संकलन गरी कर्णाली प्रदेशका एक सय १५ जना अभिकर्ता र सुदूरपश्चिम प्रदेशका एक सय ६१ जना अभिकर्तालाई सम्मान गरिएको थियो ।
साथै, विभागीय प्रमुखहरू, प्रदेश प्रमुख एवं लुम्बिनी प्रदेशअन्तर्गतका शाखा कार्यालयका शाखा प्रमुखको सहभागितामा भएको कार्यक्रममा कम्पनीले सिइओ क्लब सदस्य बन्न सफल अभिकर्तालाई सम्मान गरेको बताइएको छ ।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशप्रसाद खत्रीले कर्णाली तथा सुदूरपश्चिमबाट सिइओ क्लब सदस्य बनेका अभिकर्तालाई सदस्यता वितरण गरे । साथै, ती प्रदेशबाट आफ्नो कोडमा र सञ्जालमा प्रथम, द्वितीय र तृतीय अभिकर्तालाई विशेष सम्मान तथा पुरस्कृत गरिएको कम्पनीले जनाएको छ । सिइओ खत्रीले यी प्रदेशबाट नेसनल रत्न तथा नेसनल स्टार विजेता अभिकर्तालाई कम्पनीको लोगो अंकित चाँदीको मेडल, सर्टिफिकेट र खादाले सम्मान गरेका थिए ।