हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघ कञ्चनपुरको अध्यक्षमा देवराज मिश्र चयन भएका छन् । शनिबार महेन्द्रनगरमा सम्पन्न भएको हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघ कञ्चनपुरको १२औँ साधारणसभा एवं अधिवेशनबाट अध्यक्षमा मिश्र पुन: चयन भएका हुन् ।
निर्वाचन अधिकृत हरिप्रसाद जोशीले निर्विरोध कार्यसमिति चयन गरिएको बताए । उनका अनुसार वरिष्ठ उपाध्यक्ष वसन्तराज जोशी, प्रथम उपाध्यक्ष जनक भण्डारी, द्वितीय उपाध्यक्ष मदनराज भट्ट, महासचिव रामदत्त भट्ट, सचिव राजेन्द्रप्रसाद भट्ट, कोषाध्यक्ष प्रकाश भट्ट, सहकोषाध्यक्ष दिनेश चन्द, सदस्य सुरेन्द्रसिंह साउद, विक्रमबहादुर चन्द, भरतबहादुर कार्की, मदन भण्डारी, रमेश ठगुराठी, तेजसिंह धामी, नरेन्द्र बडू, नरेन्द्रप्रसाद भट्ट, कृष्णबहादुर बुढाथोकी रहेका छन् ।
हार्डवेयर तथा निर्माण सामग्री व्यवसायी संघ कञ्चनपुरको दोहोर्याएर नेतृत्वमा आएका मिश्रले नेपालमै उत्पादित वस्तुको बिक्री–वितरण गर्दै स्वदेशी वस्तुको प्रवद्र्धन गर्ने बताए ।