हलेसी डेकोर प्रा.लि. र आइएमई लाइफ इन्स्योरेन्सबिच आज एक औपचारिक कार्यक्रमबिच कर्पोरेट व्यावसायिक समझदारीपत्रमा हस्ताक्षर गरिएको छ।
सम्झौतामा आइएमई लाइफ इन्स्योरेन्सका उपमुख्य कार्यकारी अधिकृत खिलेन्द्र पौडेल र हलेसी डेकोर प्रा.लि.की प्रमुख कार्यकारी अधिकृत तथा सञ्चालक संगीता पुडासैनीले हस्ताक्षर गरेका छन्।
उक्त समझदारीपत्रले दुवै संस्थाबिचको सहकार्यलाई थप मजबुत बनाउने, दीर्घकालीन व्यावसायिक साझेदारी विस्तार गर्ने तथा ग्राहकलाई अझ प्रभावकारी सेवा प्रदान गर्ने उद्देश्य राखेको छ।
हलेसी डेकोर प्रा.लि.ले भी–बोन कुर्सी, पर्दा, कार्पेट तथा फर्निचरका विभिन्न सामग्रीमा अधिकतम ५० प्रतिशतसम्म छुट उपलब्ध गराउने व्यवस्था मिलाएको छ। संस्थाले करिब १५ वर्षदेखि सेवा प्रदान गर्दै आएको छ।
दुवै संस्थाले आगामी दिनमा नयाँ परियोजना तथा सेवा विस्तारमार्फत सहकार्यलाई अझ प्रभावकारी बनाउँदै लैजाने विश्वास व्यक्त गरेका छन्।