आर्थिक अभावले सरकारी काम प्रभावित : मन्त्री गुप्ता

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ताले सरकार आर्थिक रूपमा कमजोर भएकै कारण धेरै आवश्यक परियोजना अघि बढाउन नसकिएको बताएका छन्।

अन्तर्राष्ट्रिय स्वयंसेवक दिवस २०२५ का अवसरमा आयोजित सडक दुर्घटना न्यूनीकरण कार्यक्रमपछि उनले ट्राफिक लाइट, लेन व्यवस्थापनजस्ता भौतिक संरचना सुधारका काम स्रोतसाधनको कमीले रोकिएको बताए।

उनका अनुसार उपलब्ध बजेटबाट सम्भव हुने कामलाई प्राथमिकता दिँदै अघि बढ्ने सरकारको योजना छ।

मन्त्री गुप्ताले चालक र ट्राफिक दुवै पक्षको सकारात्मक व्यवहारविना दुर्घटना न्यूनीकरण प्रभावकारी नभएको पनि उल्लेख गरे। साथै, खेलकुदसँगै युवासम्बन्धी कार्यक्रमलाई पनि सक्रिय रूपमा अघि बढाउने प्रतिबद्धता व्यक्त गरे।

सुझावित समाचार