सुनचाँदीको मूल्य घट्यो

शुक्रबार, २० मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा नौ सय रुपैयाँले घटेर दुई लाख ५२ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बिहीबार सुन तोलाको दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ११० रुपैयाँले घटेर तीन हजार पाँच सय ५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला तीन हजार ६२५ रुपैयाँमा कायम भएको थियो ।  
 

सुझावित समाचार