प्रिमियम लक्जरी आल्मुनियम झ्यालढोका ब्रान्ड ‘स्काइलाइन’को सोरुम सञ्चालनमा आएको छ । हुलास आल्मुनियमद्वारा उत्पादित झ्यालढोकाको सोरुम बिहीबारदेखि माइतीघरस्थित सेन्ट जेभियर्स कलेजअगाडि सञ्चालनमा आएको हो । कम्पनीका अनुसार यो सोरुमलाई ‘एक्सपिरियन्स सेन्टर’ (अनुभव केन्द्र)का रूपमा तयार पारिएको छ, जहाँ ग्राहकले उत्पादन अवलोकन गर्ने, नजिकबाट बुझ्ने अवसर पाउनेछन् ।
आधुनिक प्रविधि र अन्तर्राष्ट्रिय मापदण्डअनुसार निर्मित स्काइलाइनका झ्यालढोका प्रिमियम क्वालिटी, आकर्षक डिजाइन र टिकाउ हुने कम्पनीको दाबी छ । कम्पनीले स्काइलाइनमा ‘भ्यालु फर मनी’ ब्रान्डका रूपमा प्रस्तुत गर्दै लक्जरी सेगमेन्टमा गुणस्तर र मूल्य दुवै हिसाबले उत्कृष्ट विकल्प भएको दाबी गरेको छ । ग्राहकले आधुनिक डिजाइन, लक्जरी इन्टेरियन तथा आर्किटेक्चर र विश्वसनीय गुणस्तरका लागि स्काइलाइनका झ्यालढोका प्रयोग गर्न सक्ने कम्पनीले जनाएको छ ।