सुनचाँदीको मूल्य घट्यो

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । आज सुन तोलामा आठ सय रुपैयाँले घटेर दुई लाख ५३ हजार तीन सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलाको  दुई लाख ५४ हजार एक सय रुपैयाँमा कारोबार भएको थियो । 

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी तोलामा ३० रुपैयाँले घटेर तीन हजार ६२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । अघिल्लो दिन प्रतितोला तीन हजार ६५५ रुपैयाँ कायम भएको थियो ।  

सुझावित समाचार