पेट्रोलियममा उठाइएको करबाट बुढीगण्डकी बनाउँछौँ : प्रधानमन्त्री

बिहिबार, १९ मंसिर, २०८२
डिजिटल संस्करण

प्रधानमन्त्री सुशीला कार्कीले १२ सय मेगावाटको बुढीगण्डकी जलाशययुक्त जलविद्युत् आयोजनाको काम अघि बढाउन सरकार लागिपरेको बताएकी छिन् । बुधबार पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलगायत आयोजना प्रभावित क्षेत्र गोरखा र धादिङका पूर्वजनप्रनिधिहरू तथा स्थानीय सरोकारवालासँग छलफल गर्दै उनले यस्तो बताएकी हुन् ।  

सरकारले पेट्रोलियम पदार्थमा उठाउने पूर्वाधार करबाट निश्चित रकम परियोजना निर्माणमा ऋणस्वरूप लगानी हुने गरी काम अघि बढेको उनले बताइन् । ‘बुढीगण्डकी जलविद्युत् आयोजना निर्माणका लागि कम्पनी स्थापना भइसकेको छ । त्यस अवस्थामा पेट्रोलियम पदार्थमा लगाइएको अतिरिक्त करबापतको रकम प्रत्येक वर्ष सोही खातामा जाने व्यवस्थाका लागि आवश्यक प्रक्रिया अघि बढाइनेछ,’ उनले बताइन् । 

सुझावित समाचार