एनआइसी एसिया बैंक र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल)बिच रणनीतिक सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी (सिइओ) अधिकृत सुजितकुमार शाक्य र एनसिएचएलका सिइओ नीलेशमानसिंह प्रधानले हस्ताक्षर गरेका हुन् ।
यससँगै बैंकले एनसिएचएलद्वारा सञ्चालित स्वदेशी कार्ड योजनाअन्तर्गतको नेपाल पे कार्ड जारी गर्नेछ । यस सम्झौताले बैंकलाई नेपालको राष्ट्रिय भुक्तानी स्विचमा पूर्ण रूपमा एकीकृत हुन मद्दत गर्नुका साथै स्वदेशी कार्डका रूपमा परिचित नेपाल पे कार्ड जारी गर्न बाटो खुलाउनेछ ।