सामसङ नेपालले नेपाल प्रिमियर लिग (एनपिएल) सिजनलाई लक्षित गर्दै विभिन्न टेलिभिजनमा आकर्षक छुट तथा एक्सचेन्ज बोनस अफर घोषणा गरेको छ । योजनाअन्तर्गत प्रिमियम क्युएलइडी टिभीदेखि एचडी टिभीका मोडेलमा ३३ प्रतिशतसम्म क्यासब्याकका साथै सात हजार रुपैयाँसम्म एक्सचेन्ज बोनस पनि रहेको कम्पनीले जनाएको छ । योजना डिसेम्बर ३१ सम्म लागू हुनेछ ।
८५ इन्चसम्मको स्क्रिन, अत्याधुनिक तस्बिर गुणस्तर र उन्नत स्मार्ट सुविधासहित उपलब्ध टिभीमा खेलकुद घरमै रंगशालाजस्तो अनुभूति दिलाउने कम्पनीको दाबी छ । विशेष गरी सामसङका नवीनतम एआई टिभी लाइनअप क्युएलइडी र युएचडीमा प्रयोगकर्ताको हेर्ने अनुभवलाई अझै उन्नत बनाउने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार ग्राहकले क्युएलइडी श्रेणीका ५५ देखि ८५ इन्चसम्मका मोडेलमा अधिकतम १९ प्रतिशतसम्म छुट र सात हजार रुपैयाँसम्म सटही बोनस, युएचडी श्रेणीका ४३ देखि ८५ इन्चसम्मका मोडेलमा २१ प्रतिशतसम्म छुट तथा चार हजार रुपैयाँसम्म सटही बोनस प्राप्त गर्नेछन् । त्यस्तै, एफएचडी ४३ इन्चका मोडेलमा ३३ प्रतिशतसम्म र एचडी ३२ इन्चका मोडेलमा २१ प्रतिशतसम्म छुट उपलब्ध हुने कम्पनीले जनाएको छ ।