पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबिच समझदारी

बुधबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

नेपालका पर्यटन उत्पादनहरूको अन्तर्राष्ट्रिय बजारमा संयुक्त प्रवर्द्धन गर्न पर्यटन बोर्ड (एनटिबी) र नेपाल वायुसेवा निगम (एनएसी)बिच सहकार्य गर्ने समझदारी भएको छ ।

दुवै संस्थाले विश्वभरका पर्यटन मेलादेखि डिजिटल क्याम्पेन, फ्याम ट्रिप, संयुक्त प्रचारप्रसार, मेगा इभेन्ट तथा ब्रान्डिङसम्मका गतिविधि सहकार्यका आधारमा सञ्चालन गर्ने सहमति जनाएका छन् ।

समझदारीपत्रअनुसार बोर्डले विदेशी पर्यटन मेलाहरू, सेल्स मिसन, रोड सो, पत्रकार सम्मेलन, फ्याम ट्रिपलगायत सबै प्रमुख प्रवर्द्धनात्मक कार्यक्रमहरूमा नेपाल एयरलाइन्सलाई ‘पार्टनर एयरलाइन’का रूपमा नि:शुल्क सहभागिता प्रदान गर्नेछ । निगमले पनि आफ्ना उडान गन्तव्यहरूमा एक सय किलोसम्मका प्रवर्द्धन सामग्री नि:शुल्क लैजान दिने, संयुक्त कार्यक्रमका लागि उपहार टिकट उपलब्ध गराउने सुविधा प्रदान गर्ने व्यवस्था मिलाएको छ । 

समझदारीपत्रमा हस्ताक्षरपछि नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत (सिइओ) दीपकराज जोशीले सहकार्यलाई नेपालको अन्तर्राष्ट्रिय छवि तथा बजार पहुँच विस्तारका लागि ऐतिहासिक कदमका रूपमा व्याख्या गरेका छन् । दुवै संस्थाबिचको यो रणनीतिक साझेदारीले ‘नेपाली ब्रान्ड’लाई विश्वभर उच्चतम प्रचार र प्रवर्द्धन गर्न टेवा पुग्ने उनले बताए । 

सुझावित समाचार