लक्ष्मी सनराइज बैंकको ‘डिजिटल डिसेम्बर’अभियान सुरु

मंगलबार, १७ मंसिर, २०८२
डिजिटल संस्करण

लक्ष्मी सनराइज बैंकको डिजिटल बैंकिङ प्रवर्द्धन गर्ने वार्षिक अभियानको सातौँ संस्करण ‘डिजिटल डिसेम्बर २०२५’ सुरु भएको छ। यस संस्करण ‘इम्पावरिङ इन्टरप्राइजेज’को नाराका साथ देशव्यापी रूपमा उद्यम डिजिटलाइजेसनमा केन्द्रित रहने बैंकले जनाएको छ।

डिसेम्बर महिनाभर चल्ने अभियानमा बैंकको डिजिटल प्लाटफर्महरूलाई देशभरका व्यवसायहरूको कारोबारका लागि प्राथमिक च्यानलको रूपमा स्थापित गर्ने लक्ष्य राखेको बताइएको छ। अघिल्ला वर्षहरूका उपभोक्ताकेन्द्रित अभियानहरूबाट यस वर्ष उद्यमकेन्द्रित डिजिटल रूपान्तरणतर्फ महत्त्वपूर्ण फड्को मारेको बैंकले जनाएको छ।

डिजिटल डिसेम्बर २०२५ ले घरेलु, साना तथा मझौला उद्यम, कर्पोरेट संघसंस्था तथा प्रतिष्ठान, खुद्रा तथा थोक बिक्रेता, आइटी, वित्त, स्वास्थ्य सेवा, शिक्षा, र आतिथ्यलगायतका सबै क्षेत्रका उद्यमहरूलाई समावेश गर्ने बताइएको छ।

यो अभियान उद्यमीहरूलाई डिजिटल बैंकिङका माध्यमहरूमा सक्रिय बनाउँदै उच्च मूल्यको नगद तथा चेक कारोबारलाई डिजिटल च्यानलमा रूपान्तरणा गर्ने र एपिआई तथा होस्ट–टु–होस्ट कनेक्टिभिटीमार्फत ग्राहकका प्रणालीबाट सिधै भुक्तानी गर्न मिल्ने समाधानहरूका साथै भुक्तानी प्रक्रियामा सहजीकरण गर्ने विषयमा केन्द्रित रहनेछ।

बैंकका अनुसार यसअन्तर्गत बैंकले ई–कमर्श व्यवसायका लागि निर्बाध भिसा र मास्टरकार्डमार्फत भुक्तानी प्राप्त गर्ने माध्यम, कर्पोरेट संघसंस्थाका कर्मचारीका लागि अन कार्ड–भर्चुअल क्रेडिट कार्ड र भिसा क्रेडिट कार्ड सुविधा, व्यवस्थित व्यापारिक कारोबारका लागि कर्पोरेटपे तथा राष्ट्रिय भुक्तानी इन्टरफेस  एकीकरण सेवा र रियल टाइम भुक्तानीका अलर्टहरूसहित व्यापारिक भुक्तानी प्राप्तिका लागि लक्ष्मी वाणी (क्युआर भ्वाइस बक्स) सेवाको प्रवर्द्धन गरिनेछ।

सुझावित समाचार