साताको तेस्रो कारोबार दिन मंगलबार नेप्से परिसूचक सामान्य अंकले घट्दै बजार बन्द भएको छ। साताको पहिलो दिन आइतबारदेखि सुरु भएको ओरालो लाग्ने क्रम मंगलबार पनि निरन्तर रह्यो।
मंगलबार ३२४ स्क्रिप्सका एक करोड आठ लाख १० हजार १०६ कित्ता सेयर चार अर्ब ४८ करोड १३ लाख ९४ हजार १४९ रुपैयाँमा खरिद–बिक्री भए। नेप्से परिसूचक सामान्य अंकले कमजोर भए पनि ६ कम्पनीका सेयरले सकारात्मक सर्किट हिट गरे। सागर डिस्टिलरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, माविलुङ इनर्जी र बुंगल हाइड्रो यस दिन सर्किट लेभलमा उक्लिए।
कारोबारमा आएका स्टक्समध्ये १२५ कम्पनीको सेयर मूल्य बढ्दा ११९ कम्पनीको घट्यो। १३ स्टक्स स्थिर रहे। सूचकको हिसाबले आठ समूहको उपसूचक उकालो लाग्दा पाँच समूह नकारात्मक रहे।