पटेर्वा सुगौली गाउँपालिका- २, रंगपुर टाडी टोलबाट अवैध लागुऔषध गाँजा करिब १०४ किलो ३२५ ग्रामसहित दुईजनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मकवानपुर भीमफेदी गाउँपालिका- ८, धर्केमहाबिर टोल बस्ने ३२ वर्षीय भीम स्याङ्ताङ र मकवानपुरगढी गाउँपालिका- १, आँपटार टोल बस्ने ३८ वर्षीय कुमार स्याङ्ताङ रहेका छन् । इलाका प्रहरी कार्यालय पटेर्वा सुगौलीबाट खटिएको प्रहरीले मनवाबाट रंगपुरटाडीतर्फ आउँदै गरको बिएबी २३९८ नम्बरको गाडीमा १० वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारी चालक भीम र गाडीमा सवार कुमारलाई सोमबार दिउँसो पक्राउ गरेको हो ।
उनीहरू दुवैलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।