आज ताेलामा तीन सयले सुनको मूल्य घटेकाे छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला सुनको मूल्य रु. दुई लाख ५३ हजार तीन सय कायम भएको छ । आज चाँदीको मूल्य ताेलामा रु. १० बढेर तीन हजार ५४५ निर्धारण भएको छ ।
सोमबार सुनको मूल्य प्रतितोला रु. दुई लाख ५३ हजार ६ सय कायम भएको थियो भने एक तोला चाँदी रु. तीन हजार ५३५ मा कारोबार भएको थियो ।