नेपालमा हायात ब्रान्डको तेस्रो होटेलका रूपमा रुपन्देहीको बुटवलमा हायात प्लेस बुटवल सञ्चालनमा आएको छ । विश्वव्यापी उपस्थिति विस्तार गर्ने क्रममा हायात प्लेस ब्रान्डले यो नयाँ होटेल सञ्चालनमा ल्याएको हो ।
होटेलमा हायात प्लेस ब्रान्डको मौलिक डिजाइन, अनौपचारिक तथा आरामदायी वातावरण र निःशुल्क वाइफाई, खानाका परिकारजस्ता व्यावहारिक सुविधा उपलब्ध छन् । हायात प्लेस बुटवललाई व्यापारिक र फुर्सदको समय बिताउने दुवै प्रकारका यात्रुको विविध आवश्यकता पूरा गर्ने गरी तयार पारिएको बताइएको छ ।