कामना सेवा विकास र पारस हस्पिटलबिच सम्झौता

सोमबार, १६ मंसिर, २०८२
डिजिटल संस्करण

 कामना सेवा विकास बैंकले मोरङ, विराटनगरस्थित पारस अस्पतालसँग सेवा शुल्क छुटसम्बन्धी सम्झौता गरेको छ । सम्झौतापत्रमा बैंकका तर्फबाट कोशी प्रदेश प्रमुख खिमलाल भुसाल र अस्पतालका अध्यक्ष सफिउर रहमानले हस्ताक्षर गरे । 

सम्झौतापश्चात् बैंकका कर्मचारी र ग्राहकले अस्पतालले प्रदान गर्ने विभिन्न सेवा–सुविधामा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् । बैंकका ग्राहकले बैंकसँगको आबद्धता भएको प्रमाणका आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिने बताइएको छ । यो सहकार्यबाट बैंकसँग आबद्ध सम्पूर्ण ग्राहकले लाभ लिनेछन् ।

सुझावित समाचार