कुमारी बैंक लिमिटेड र आरोग्य वेल केयर क्लिनिक प्रालिबिच छुट सम्झौता गरिएको छ । सम्झौताअनुसार बैंकका ग्राहकले सो क्लिनिकबाट प्रदान गरिँदै आएको सेवामा शतप्रतिशतसम्म छुट पाउनेछन् ।
इलेक्ट्रोकार्डियोग्राम (इसिजी)मा शतप्रतिशत, इकोकार्डियोग्राम, २४ घण्टा एम्बुलेटरी रक्तचाप अनुगमन– एबिपियम, २४ घण्टा होल्टर इसिजी, एन्डोस्कोपी, कोलोनोस्कोपी र अल्ट्रासाउन्ड सोनोग्राफीमा ५० प्रतिशत, डाक्टर परामर्शमा ३० र प्रयोगशाला परीक्षणमा २५ प्रतिशतसम्मको छुट दिने सम्झौतापत्रमा उल्लेख छ ।
बैंकका देशभरमा तीन सय दुई शाखा सञ्जाल, तीन सय १७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखारहित बैंकिङ इकाइ सञ्चालनमा छन् ।