इआरपी सिस्टम चलेसँगै इन्धन वितरण सुरु

आइतबार, १५ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाल आयल निगमले इन्धन वितरण पुनः सुरु गरेको छ। इआरपी सिस्टममा आएको समस्या समाधान भएसँगै इन्धन वितरण सुरु गरिएको निगमका कार्यकारी निर्देशक डा. चण्डिकाप्रसाद भट्टले जानकारी दिए। 

पेट्रोलपम्प सञ्चालकले इन्टरप्राइजेज रिसोर्स प्लानिङ (इआरपी) सिस्टमबाट खरिद गर्ने इन्धनको परिमाण माग गर्ने र सोही प्रणालीमार्फत इन्धन खरिदबापतको रकम भुक्तानी गर्दै आएका छन्। तर, आइतबार बिहानदेखि इआरपी सिस्टम बन्द हुँदा इन्धन वितरण ठप्प भएको थियो।

आइतबार बिहान माग परिमाण टिपाउने र दिउँसोसम्म पम्पमा तेल लगेर बिक्री गर्ने गरिन्छ। तर, प्रणाली बन्द हुँदा माग टिपाउने र भुक्तानी गर्ने दुवै काम रोकिएको थियो।

सुझावित समाचार