कामना सेवा विकास बैंक लिमिटेड ‘साउथ एसियन फेडेरेसन अफ एकाउन्टेन्ट (साफा) अवार्ड २०२४’ बाट सम्मानित भएको छ । साफाले वित्तीय सेवा क्षेत्रअन्तर्गत प्रदान गर्ने सर्टिफिकेट अफ मेरिट विधामा बैंक सम्मानित भएको हो । पाकिस्तानको इस्लामाबादमा आयोजित एक समारोहमा उक्त अवार्ड बैंकलाई प्रदान गरिएको छ । गत वर्ष पनि बैंकले साफा अवार्ड जित्न सफल भएको थियो ।
साफाले आर्थिक वर्ष २०२३/२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरेको हो । साफा इन्टरनेसनल फेडेरेसन अफ एकाउन्टेन्टको सञ्जाल साझेदार हो, जसमा नेपाल, भारत, पाकिस्तान, बंगलादेश, श्रीलंका, मालदिभ्स र अफगानिस्तानलगायत विभिन्न ११ वटा दक्षिण एसियाली क्षेत्रका चार्टर्ड एकाउन्टेन्ट निकाय समावेश छन् । साफाले हरेक वर्ष दक्षिण एसियाली क्षेत्रमा प्रकाशित वित्तीय प्रतिवेदनको मूल्यांकन गरी विभिन्न विधामा अवार्ड प्रदान गर्दै आइरहेको छ ।