सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडको १९औँ वार्षिक साधारणसभाबाट ५.२६ प्रतिशत लाभांश पारित भएको छ ।
शुक्रबार सम्पन्न बैंकको साधारणसभाले हाल कायम चुक्ता पुँजी १४ अर्ब ७६ करोड ९० लाख १२ हजार रुपैयाँकोे प्रतिशतले हुन आउने पाँच प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२६ प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको हो ।
आव ०६५/६६ बाट लगातार लाभांश वितरण गर्दै आएको बैंकको १९ वर्षको औसत लाभांश १०.४० प्रतिशत रहेको छ ।
बैंक सञ्चालक समितिका अध्यक्ष प्रबलजंग पाण्डेको अध्यक्षतामा शुक्रबार सम्पन्न भएको सोही सभामार्फत एकीकृत वित्तीय विवरणमा छलफल गरी पारित गरिएको छ ।