भारतको टायल निर्माता कजारियाको नयाँ सोरुम सिन्धुलीको आदर्शनगरमा सञ्चालनमा आएको छ । साह आइरन एन्ड इलेक्ट्रिोनिक स्टोर्सद्वारा सञ्चालित सोरुमले जिल्लामा बढ्दो टायलको उच्च गुणस्तरका टायलको मागलाई पूरा गर्ने लक्ष्य राखेको छ । सोरुम उद्घाटन कजारियाका कन्ट्री म्यानेजर अभ्यास तिवारीले गरे । कार्यक्रममा साह आइरनका सञ्चालक करिराम साहलगायतको उपस्थिति थियो ।
साहले आफूहरू कजारियासँग साझेदारी गर्न पाउँदा खुसी लागेको बताए । कजारिया ब्रान्डका प्रिमियम टाइल तथा विश्वस्तरीय डिजाइन अब सिन्धुलीका ग्राहकले आफ्नै समुदायमा सहज रूपमा पाउने उनको भनाइ थियो ।
आदर्शनगर, सिन्धुलीमा रहेको नयाँ सोरुममा कजारियाका प्रिमियम टाइलहरूको विस्तृत दायरा प्रदर्शित गरिएको छ, जसले ग्राहकलाई सहज पहुँच, सुविधा तथा विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउँछ । यस विकासले नवप्रवर्तन, गुणस्तर र डिजाइनप्रतिको काजारियाको अविचल प्रतिबद्धतालाई सुदृढ गर्दै नेपालका टाइल उद्योगमा ब्रान्डको अग्रणी स्थानलाई झनै मजबुत बनाएको छ ।
त्यस्तै, कन्ट्री म्यानेजर तिवारीले सिन्धुलीमा खुलेको सोरुममार्फत आफ्ना टायल ग्राहकसमक्ष पुर्याउने बताए । ‘नेपालमा निर्माण तथा इन्टेरियर डिजाइन क्षेत्र तीव्र रूपमा विकसित भइरहेको छ । हामी मजबुत, आकर्षक तथा अत्याधुनिक प्रविधियुक्त उत्पादनमार्फत यस विकासलाई थप सुदृढ गर्न उत्साहित छौँ,’ उनले भने ।
सोरुममा कजारियाका प्रिमियम टायल विस्तृत दायरा प्रदर्शित गरिएको छ । यसले ग्राहकलाई सहज पहुँच, सुविधा तथा विभिन प्रिमियम टायलको अनुभव दिनेछ, जसले ग्राहकलाई सजिलो पहुँच विभिन्न इन्टेरियर आवश्यकताअनुसार छानिएको उत्पादक प्रदर्शन उपलब्ध गराउने बताइएको छ ।