नेप्से १० अंकले वृद्धि, कारोबार रकम साढे ६ अर्बमाथि

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

साताको अन्तिम कारोबार दिन नेप्से परिसूचक दोहोरो अंकले बढेको छ।

बिहीबार नेप्से १०.४३ अंकले बढेर दुई हजार ६७६.०३ विन्दुमा कायम भएको छ। लगातार पाँचौँ दिन पनि नेप्से उकालो लागेको हो।

आज ३३३ कम्पनीका एक करोड ४६ लाख ९३ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ६ अर्ब ६६ करोड २३ लाख रुपैयाँको कारोबार भएको छ।

आज नेप्सेका १३ मध्ये पाँच समूह ओरालो लाग्दा बाँकी समूहमा हरियाली छाएको छ। वित्त, उत्पादन तथा प्रशोधन, माइक्रोफाइनान्स, अन्य र व्यापार समूह एक प्रतिशतभन्दा कमले घटेका छन्। बढेकामध्ये बैंकिङ एक प्रतिशतभन्दा धेरैले उकालो लाग्दा बाँकी समूह सोभन्दा कमले वृद्धि भए।

आज पनि सागर डिस्टिलरीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। यसैगरी, स्वस्तिक लघुवित्त, झापा इनर्जी, श्रीनगर एग्रिटेक र एनआरएन नौ प्रतिशतभन्दा धेरैले बढेका छन्।

सर्वाधिक घटेका हिमस्टार ऊर्जा कम्पनी र फर्स्ट माइक्रोफाइनान्स लघुवित्तका लगानीकर्ताले  सात प्रतिशतभन्दा धेरै गुमाएका छन्।

सुझावित समाचार