सुनको मूल्य घट्यो

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । आज सुन तोलामा चार सय रुपैयाँले घटेर दुई लाख ४८ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । 

बुधबार सुन तोलामा दुई लाख ४८ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।  

यस्तै, चाँदीको मूल्य भने बढेको छ । आज चाँदी तोलामा ६० रुपैयाँले बढेर तीन हजार २८० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी तोलामा तीन हजार  २२० रुपैयाँ कायम भएको थियो । 
 

सुझावित समाचार