ग्रिन स्किल्स एड्भाइजरी बोर्ड सुरु

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण
  • कृषि, निर्माण, पर्यटनलगायतमा हरित सीपलाई प्रोत्साहन गर्ने योजना

नेपालमा पहिलोपटक ग्रिन स्किल्स एडभाइजरी बोर्ड (जीसाब) को औपचारिक शुभारम्भ गरिएको छ । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम (सिटिइभिटी) प्रणालीलाई हरित सीपसँग जोड्न र दिगो रोजगारी तथा विकासलाई प्रोत्साहन गर्न बोर्डको गठन गरिएको हो । 

बोर्डले नेपालमा हरित सीपसम्बन्धी सचेतना अभिवृद्घि गर्ने, वातावरणमैत्री तालिम नीति–निर्माणका लागि संवाद गर्ने, तालिम प्रवर्द्धनर रोजगारीका अवसर सिर्जना गर्न ठोस कदम चाल्ने लक्ष्य राखेको छ । विशेष गरी दिगो कृषि, वातावरणमैत्री निर्माण, पर्यटनलगायतका क्षेत्रमा हरित सीपलाई प्रोत्साहन गर्ने योजनासहित यस बोर्डको स्थापना गरिएको हो । 

बोर्डको शुभारम्भ कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सचिव चूडामणि पौडेलले विश्वव्यापी रुपमा बढिरहेको तापक्रम, कार्बन उत्सर्जन तथा विभिन्न वातावरणीय प्रभावका कारण मानव स्वास्थ्यसहित समग्र विश्वमा गम्भीर नकारात्मक असर देखापरेको सन्दर्भमा यो पहलले महŒवपूर्ण योगदान गर्ने अपेक्षा गरिएको बताए । उनले शिक्षालाई सीप र सीपलाई उत्पादन र उत्पादनलाई बजारसँग जोड्दै जानुपर्ने धारणा राख । 

‘नेपाल सरकारले यस विषयमा नीतिगत सुधारमा काम गर्दै आइरहेको छ । सरकार र निजी क्षेत्रको साझेदारीमा सुरु भएको यो परियोजनालाई मिलेर अगाडि बढाउनुपर्छ,’ उनले बताए । 

नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले विश्वव्यापी रूपमा बढ्दो जलवायु परिवर्तन, कार्बन उत्सर्जन र वातावरणीय चुनौतीले हामीलाई नयाँ सोच, नयाँ सीप र नयाँ अभ्यासतर्फ अघि बढ्नुपर्ने बताए । ‘हाम्रा उद्योग व्यवसायहरू पनि वातावरणमैत्री सीपको अवलम्बन गर्न तयार हुँदै छन् । 

See More On

सुझावित समाचार