एलजी नेपालले नयाँ पुस्ताको एआई टिभी नेपालमा सार्वजनिक गरेको छ । एआई प्रोसेसर जेन–२ द्वारा सञ्चालित यो टिभीले प्रयोगकर्ताको व्यवहार सिक्ने, बुझ्ने र आत्मसात् गर्नेमार्फत व्यक्तिगत अनुभवलाई नयाँ उचाइमा पुर्याउने उद्देश्य राख्ने बताइएको छ ।
यसले प्रयोगकर्ताको रुचि, हेर्ने बानी र वरपरको वातावरण विश्लेषण गरी इमेज तथा ध्वनिको गुणस्तर स्वचालित रूपमा अनुकूलन गर्ने बताइएको छ । दैनिक जीवनका नियमित कामदेखि लिएर मनोरञ्जनको अनुभवसम्म यो टिभीले प्रत्येक घरमा अझै स्मार्ट, सहज र सहजै अनुकूलित जीवनशैली प्रदान गर्ने दाबी गरिएको छ ।
कम्पनीका अनुसार यो टिभीमा एआई च्याटबोट, पिक्चर तथा साउन्ड विजार्ड, एआई सर्च एवं भ्वाइस आइडीलगायतका फिचर समावेश छन् । हरेक घरका लागि प्रिमियम विकल्प यो टिभी नेपालमा भने ओएलइडी इभो, क्युनेड, नानो सेल र युएचडी एआई विकल्पमा उपलब्ध हुने बताइएको छ ।
कम्पनीका अनुसार प्रत्येक मोडेलमा अत्याधुनिक एआई क्षमता, बेस्ट डिस्प्ले गुणस्तर र विस्तृत साइज तथा मूल्य–सिरिज उपलब्ध छन् ।
‘एलजी एआई टिभीसँगै हामी नेपालमा इन्टेलिजेन्ट मनोरञ्जन प्रविधिको नयाँ युग गर्दै छौँ । यो प्रविधि प्रयोगकर्तालाई बुझ्ने मात्र होइन, उनीहरूसँगै विकसित हुँदै जीवनशैलीमा सार्थक परिवर्तन ल्याउने क्षमतासहित डिजाइन गरिएको छ,’ एलजीका मार्केटिङ र ब्रान्ड प्रमुख मुकेशकुमार बैठाले भने ।