नेक्सजेनको आइपिओ बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल

बिहिबार, १२ मंसिर, २०८२
डिजिटल संस्करण

लक्ष्मी सन्राइज क्यापिटल लिमिटेड नेक्सजेन म्यानेजमेन्ट एन्ड इक्विटी सोलुसन्सको साधारण सेयर (आइपिओ) निष्कासक अर्थात् बिक्री प्रबन्धक नियुक्त भएको छ ।

नेक्सजेनले १५ करोड रुपैयाँबराबरको प्रतिसेयर एक सय रुपैयाँ अंकित दरमा १५ लाख कित्ता सर्वसाधारणका लागि निष्कासन गर्नेछ । सोही कार्यमा आवश्यक सहयोग गर्न लक्ष्मी सन्राइज क्यापिटललाई जिम्मेवारी दिइएको छ ।

नियुक्तिसम्बन्धी सम्झौतामा क्यापिटलका प्रमुख कार्यकारी अधिकृत विजयलाल श्रेष्ठ र आइपिओ निष्कासक नेक्सजेनका प्रबन्ध सञ्चालक रमेशकुमार भट्टराईबिच द्विपक्षीय सम्झौता भएको छ । नेक्सजेनकोे हाल अधिकृत पुँजी १०० करोड तथा जारी पुँजी ५० करोड रहेको छ ।  

See More On

सुझावित समाचार