माओवादी केन्द्र छाडेर ‘प्रगतिशील अभियान’ घोषणा गरेका नेता जनार्दन शर्माले पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर नयाँ पार्टी घोषणा प्रक्रियामा सामेल भएको बताएका छन्।
सामन्तवादको सिंहासन भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माण गरेको उल्लेख गर्दै शर्माले भने, ‘सामन्तवादको सिंहासनलाई भत्काएर लोकतान्त्रिक गणतन्त्र नेपाल निर्माणमा सहभागी हामीहरू पार्टीभित्रका मठाधीशहरूलाई धुपबत्ती गर्न छोडेर प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा गर्ने प्रक्रियामा सामेल भएका छौँ।’