सशस्त्र प्रहरीका अस्थायी गुल्म र बिओपीलाई स्थायी बनाउने निर्णय

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

सशस्त्र प्रहरीका अस्थायी गुल्म तथा बिओपीलाई स्थायी बनाउने निर्णय भएको छ। मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले सशस्त्र प्रहरीको संगठन तथा व्यवस्थापन सर्वेक्षण स्वीकृत गर्दै यससम्बन्धी निर्णय गरेको हो। 

सशस्त्र प्रहरीका १७ वटा गुल्म अस्थायी थिए। त्यस्तै, बिओपीहरू पनि अस्थायी थिए। अस्थायी हुँदा काम गर्न समस्य भएपछि स्थायी बनाइएको हो।

बैठकले सशस्त्र प्रहरीको दरबन्दी पनि समायोजनको निर्णय गरेको छ। तल्लो तहका केही पद कटौती गरेर तीन डिआइजी, एक एसएसपी र दुई एसपीको दरबन्दी थप भएको छ। सशस्त्रमा इन्टेलिजेन्स ब्युरो, कानुन निर्देशनालय र विपत् व्यवस्थापन निर्देशनालय स्थापना गर्न लागिएको छ। त्यस्तै, दंगा नियन्त्रण गर्नका लागि एसएसपीको दरबन्दी थप गरिएको छ। 
 

सुझावित समाचार