सिमरा घटनामा विश्वप्रकाशले भने– जेन–जीको नाममा दुरुपयोग भयो

बुधबार, ४ मंसिर, २०८२
डिजिटल संस्करण

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले सिमरामा भइरहेको घटना जेन–जीको नाममा भइरहेको दुरुपयोग भनेका छन् । यतिवेला बाराको सिमरा तनावग्रस्त भइरहँदा महामन्त्री शर्माले सामाजिक सञ्जालमार्फत कसैले पनि निषेधको राजनीति गर्न नहुने उल्लेख गरे ।

उनले नेकपा एमाले चुनावको विपक्षमा उभिएको भए उसलाई चुनावमा आउन आग्रह गर्नुपर्ने  बताए । महामन्त्री शर्माले प्रधानमन्त्री सुशीला कार्कीलाई एकपटक भ्रमणकाे वातावरण बनाउन आग्रहसमेत गरे ।

उनले भने, ‘एमाले चुनावको विपक्षमा उभिएको छ त, उसलाई चुनावमा आउन आग्रह गरौँ ।  मधेश प्रदेशमा सही कर्म गरेन त, त्यसविरुद्ध दबाब दिऊँ । विरुद्ध आवेगका अभिव्यक्ति दिएका छन् त, संयमले बोल्न भनौँ । तर, आफ्ना कुरा राख्न कहीँ पनि भ्रमण गर्ने संविधानप्रदत्त अधिकार कसैको पनि कुण्ठित गर्न मिल्दैन। त्यसले झनै द्वन्द्व बढाउँछ, यो समय संयम र एकता राख्नुपर्ने समय हो । त्यसैले सिमरा घटना दुःखद !  प्रधानमन्त्रीज्यूलाई ध्यानाकर्षण– एक फेरा भ्रमणको वातावरण नबनाए, चुनाव कसरी हुन्छ ?’

उनले सामाजिक सञ्जाल निषेधविरुद्ध उभिने जेन–जी कसैको ‘समाज भ्रमण अधिकार’विरुद्ध उभिन सक्दैनन् भन्दै निषेधको राजनीति कसैले पनि गर्न नहुने उल्लेख गरे । 

सुझावित समाचार