लक्ष्मी सनराइज क्यापिटलको लाभांश पारित

आइतबार, २४ कार्तिक, २०८२
डिजिटल संस्करण

लक्ष्मी सन्राइज क्यापिटलको साधारणसभाबाट लाभांश पारित गरिएको छ । कम्पनीको शुक्रबार सम्पन्न वार्षिक साधारणसभाले गत आर्थिक वर्षको मुनाफाबाट वितरण गरिने लाभांश पारित गरेको हो ।

जसमा चुक्ता पुँजीको १५.७९ प्रतिशत अर्थात् सात करोड ७२ लाख (करसहित) रुपैयाँ नगद लाभांश रहेको छ । साथै, साधारणसभाले गत आवको वार्षिक प्रतिवेदन, सोही अवधिको असार मसान्तको वासलात, नाफा–नोक्सान हिसाब, नगद प्रवाह विवरणसम्बन्धी प्रस्ताव पारित गरेको छ । 

सुझावित समाचार